Image Credit : Getty Images
भारत र चीनका सैनिक लद्दाखमा फेरि झडप भएकाे छ । भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।
‘अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेनाले पहिलाको सहमति अनुसारको यथास्थिति परिवर्तन गर्न सैन्य उक्साहट गरेको थियो । जसलाई भारतीय सेनाले रोकेको छ।’ भारतले विज्ञप्तिमार्फत आइतबार जानकारी गराएकाे छ ।
भारतीय सेनाका कर्नेल अमन आनन्दद्वारा जारी विज्ञप्तिमा चिनियाँ पक्षले उक्त क्षेत्रमा एकपक्षीय रूपमा तथ्यहरू परिवर्तन गर्न खोजेको पनि आरोप लगाइएकाे छ ।
गत १५ जुनमा लद्दाखको गल्वान उपत्यकामा चीन र भारतकाे सैनिकबीच भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि याे क्षेत्रमा विवाद भइरहेकाे छ ।