काठमाडाैं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म २ करोड ४० लाखभन्दा बढी मानिस संक्रमित भएका भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना संक्रमणबाट विश्वभर ८ लाख २३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको डब्लूएचओले जनाएकाे छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, भारत, रसियालगायत रहेका छन् ।