Photo : EPA
सिओल । दक्षिण काेरियामा फेरि काेराेना संक्रमित बढ्न थालेका छन् । संक्रमित बढ्न थालेपछि दक्षिण कोरियाली सरकारले राजधानी सिओलमा सबै विद्यालय बन्द गर्न निर्देशन दिएको त्यहाँ सञ्चारमाध्यमले जनाएका छन् ।
सिओलमा मात्रै पछिल्लो २ हप्तामा करिब २ सय जना विद्यार्थी र विद्यालयका कर्मचारीहरुमा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ । त्यसैले सरकारले थप संक्रमण फैलिन सक्ने अवस्था मध्यनजर गरी नयाँ निर्देशन दिएको हो ।
हाल भर्चुअल माध्यमबाट विद्यार्थीहरुको पढाइ निरन्तरता दिइने कोरियाली शिक्षा मन्त्रालयले जनाएको छ । दक्षिण कोरियामा काेराेना संक्रमणबाट करिब २० हजार संक्रमित भएका छन् भने ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।