काठमाडाैं । विश्वभर काेराेना भाइरस संक्रमितकाे संख्या २ करोड ३८ लाख भन्दा बढी भएकाे छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) काे मंगलबारसम्मकाे तथ्यांक अनुसार विश्वभर २ कराेड ३८ लाख ३० हजार २६० जना कोरोना संक्रमित भेटिएका छन् ।
कोरोना भाइरस सङ्क्रमणबाट ८ लाख १७ हजार ३६८ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमित मध्ये हालसम्म १ करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको डब्लूएचओले जनाएकाे छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५९ लाख १५ हजार ६३० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ८१ हजार ११४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५८ लाख १७ हजार २४५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ १ लाख ९० हजार ८०३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६९ लाख ९३ हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ २ लाख ६० हजार ४०२ जनाको मृत्यु भएको छ ।
युरोपमा ३३ लाख ९३ हजार ३५६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने २ लाख ५ हजार ७४० को मृत्यु भएको छ । एसियामा ६३ लाख ९७ हजार ५०७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ३१ हजार ८०१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १२ लाख २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २८ हजार ५५ जनाको मृत्यु भएको छ । ओसियानामा २७ हजार ५६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५५२ जनाको मृत्यु भएको छ ।