Detroit Medical Center’s emergency receiving hospital. Photograph : Erin Kirkland/The Guardian
अमेरिका । डाक्टरले मृत घोषणा गरिसकेकी युवतीले शवगृहमा पुर्याएपछि आँखा खोलेकी छन् । अमेरिकाको डिट्रोयटमा मृत घाेषणा गरिएकी २० वर्षीया टिमिशा बेउचाम्पले आँखा खोलेकी डेली मेल अनलाइनले उल्लेख गरेकाे छ ।
टिमिशा आइतबार अचेत अवस्थामा पुगेकी थिइन् । उनलाई जाँच्न चिकित्सकको टोली उनको घरमा पुगेको थियो । डाक्टरहरूले उनलाई ३० मिनेटसम्म उठाउने प्रयास गरेका थिए र पछि इमर्जेन्सी डाक्टरहरूसँग पनि सल्लाह गरेका थिए ।
सबैकाे सल्लाह अनुसार नै मेडिकल टिमले उनलाई मृत घोषणा गरेको थियो ।
त्यसपछि परिवारका सदस्यले उनलाई शवगृह पुर्याएका थिए । शवदाह गृहमा पुर्याइएपछि त्यहाँका कर्मचारीहरुले उनले सास फेरिरहेकाे थाहा पाएका थिए । त्यसपछि उनलाई फेरि अस्पताल भर्ना गरिएकाे छ ।