हङकङ । हङकङमा एक व्यक्तिमा दाेहाेरिएर काेराेना संक्रमण भएकाे छ । कोरोना भाइरस संक्रमण भएर स्वस्थ भएका एक व्यक्तिमा पुनः संक्रमण भएको पाइएको हाे ।
३० वर्षीय एक युवामा पहिलो संक्रमण भएको साढे ४ महिनापछि दोस्रो पटक संक्रमण भएको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
ती संक्रमित १४ दिन अस्पतालमा रहेर कोरोनामुक्त भएका थिए । उनमा दाेस्राे पटक फेरि काेराेना संक्रमण पुष्टि भएकाे छ तर लक्षण भने देखा परेकाे छैन । बीबीसीका अनुसार कोरोना पुनः संक्रमणको यो विश्वमै पहिलो प्रमाणित केस हो ।
विज्ञहरुले काेराेना पुन: संक्रमणकाे केस विरलै हुने बताएका छन् । उनीहरुका अनुसार दाेस्राे पटककाे संक्रमण त्यति जटिल हुँदैन । तर विश्व स्वास्थ्य संगठनले भने एउटा केस हेरेर निष्कर्षमा पुगिहाल्न नसकिने बताएकाे छ ।