Photo : Mullah Abdul Ghani Baradar (REUTERS)
अफगानिस्तानको शान्ति प्रक्रिया अगाडि बढाउनका लागि तालिवान विद्रोहीहरुको टोली पाकिस्तान पुगेको छ । पाकिस्तानी नेतृत्वसँग छलफल गर्नेगरी टोली पाकिस्तान आएको त्यहाँका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उच्चस्तरीय टोलीको नेतृत्व तालिवान विद्रोही समूहका राजनीतिक विभाग प्रमुख मुल्लाह अब्दुल घानी बाराडरले गरेकाे जनाइएकाे छ । उनीहरुलाई पाकिस्तानको विदेश मन्त्रालयका अधिकारीहरुले नै बोलाएको र पाकिस्तानको उच्च राजनीतिक तहमा भेटघाट गराउने योजना रहेको छ ।
पाकिस्तानमा रहेका अफगानी शरणार्थी, सिमानामा आवाज जावत गर्ने व्यवस्थालगायतका बारेमा पनि दुई पक्षका बीचमा छलफल हुने तालिवान प्रवक्ता सुहाइल शाहिनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् जानकारी दिएका छन् ।
अफगानीस्तानी सरकारले ८० जना तालिवान विद्रोहीहरुलाई कारागारमुक्त गरेपछि यो घटनाक्रम विकास भएकाे हाे ।