Aafno Khabar

उपत्यकाका स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ सम्मका लागि बन्द

  • आफ्नो खबर
  • August 24, 2020 प्रकाशित

काठमाडौं । उपत्यकाका नगरपालिका फोरमले स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

काेराेनाकाे महामारी फैलिरहेका कारण भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय भएको फोरमका अध्यक्ष समेत रहनुभएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयाे ।

काेराेनाकाे महामारी फैलिरहेका कारण अहिले काठमाडाैं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे बैठकले उपत्यकामा काेराेना नियन्त्रणका लागि भदाै १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेकाे हाे ।