Aafno Khabar

ब्राजिलका राष्ट्रपतिले दिए पत्रकार सम्मेलनमा पत्रकारमाथि मुक्का हान्ने धम्की

  • एजेन्सी
  • August 24, 2020 प्रकाशित

काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले पत्रकार सम्मेलनमा एक पत्रकारमाथि मुखमा मुक्का हान्ने धम्की दिएका छन् ।

पत्रकारले राष्ट्रपति बोलसोनारोकी श्रीमतीको बैंक खातामा रहस्यमय रुपमा एक पूर्व पुलिस अधिकारीले जम्मा गरेको रकमबारे प्रश्न सोधेका थिए । प्रश्न सोधेपछि आक्रोशित राष्ट्रपति बोलसोनारोले भने ‘म तपाइँको मुखमा मुक्का हान्न चाहन्छु ।’

ब्रासिलियामा आयोजित बैठकमा राष्ट्रपति बोलसोनारोले पत्रकारसँग कुराकानीकाे क्रममा ओ गलोबोका पत्रकारले राष्ट्रपतिसमक्ष यस्तो प्रश्न सोधेका थिए । राष्ट्रपतिको यस्तो अभिव्यक्तिपछि पत्रकारहरुले विरोध गर्न सुरु गरेका थिए । राष्ट्रपति बाेलसाेनाराेले बिना कुनै टिप्पणी पत्रकार सम्मेलन अन्त्य गरे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भए अनुसार २०११ देखि २०१६ सम्म क्युरिजले बोलसोनारोकी पत्नीको खातामा रकम जम्मा गरेका थिए । यो विषयमा मिशेल बोलसोनारोले केही प्रतिक्रिया आएकाे छैन ।