ललितपुर । बालिका बलात्कारकाे आराेपमा प्रहरीले एक जना पक्राउ गरेकाे छ । १३ वर्षीया बालिका बलात्कार आराेपमा ललितपुर महानगरपालिका-२८ हरिसिद्दि बस्ने कन्चनपुर भिमदत्त नगरपालिका-१४ कलिया घर भएका १९ वर्षीय लोकेन्द्र सिंह भण्डारी पक्राउ परेका हुन् ।
भण्डारी शनिबार राति पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
भण्डारीले ती बालिकामाथि हरिसिद्धिकाे चाइनिज इँटाभट्टा नजिक डाँडाको वनमारा झाडीमा लगेर बलात्कार गरेकाे जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।