नुवाकाेट । गाई काटेकाे अभियाेगमा चार जना पक्राउ परेका छन् । नुवाकाेटकाे तारकेश्वर गाउँपालिका–५ बाट चार जना बिहीबार राति पक्राउ परेका हुन् ।
गाई काटेकाे अभियाेगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङ पक्राउ परेका हुन् ।
उनीहरुले काभ्रेका सन्तबहादुर तामाङकाे गाेठकाे गाई लगेर काटेकाे अनुसन्धानबाट खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय नुवाकाेटले जनाएकाे छ ।
गाई काटेर मासु भाग लगाइरहेकाे अवस्थामा उनीहरु पक्राउ परेका हुन् । घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।