Aafno Khabar

विवाह गर्न नमान्दा भारतमा प्रेमीद्वारा प्रेमिकाकाे हत्या

  • एजेन्सी
  • August 20, 2020 प्रकाशित

डाक्टर याेगिता ।

एजेन्सी । विवाह गर्न नमानेकाे भनी भारतमा एक प्रेमीले प्रेमिकाकाे हत्या गरेका छन् । उत्तर प्रदेशकाे आगरमा २६ वर्षीया डा. याेगिता गाैतमकाे हत्याकाे आराेपमा उनका प्रेमी डा. विवेक तिवारी पक्राउ परेका हुन् ।

याेगिता र विवेक केही समयअघिदेखि प्रेम सम्बन्धमा थिए । याेगिता एसियन मेडिकल कलेजकाे गाइनाेलाेजी विभागमा कार्यरत थिइन् । विवेक कानपुर जिल्लाकाे मेडिकल अफिसर थिए ।

विवेकले याेगितासँग विवाह गर्न चाहेका थिए । याेगिताले नमानेपछि उनले याेगिताकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ । विवेकले याेगिताकाे हत्या गरेकाे स्वीकार गरिसकेका छन् ।

गत मंगलबार विवेक याेगितासँग भेट्न आगरा गएका थिए । भेटका क्रममा उनीहरुबीच विवाद भएकाे थियाे । उनले यतिबेला नै याेगिताकाे घाँटी थिचेर हत्या गरेका थिए । त्यसपछि पनि उनले शवकाे टाउकाेमा पटक-पटक चक्कु प्रहार गरेका थिए ।

उनले याेगिताकाे शव एकान्त स्थानमा गाडीमा लगेर फालेका थिए ।