Aafno Khabar

भदाै १५ सम्म भक्तपुर नगरमा सार्वजनिक यातायात चलाउन नपाइने

  • आफ्नो खबर
  • August 18, 2020 प्रकाशित

काठमाडाैं । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा मंगलबार भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलपछि सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नेपालमा पनि तीव्र गतिमा बढिरहेको र भक्तपुरमा पनि संक्रमित बढ्दै गएको देखिएकाले नगरभित्र सञ्चालन हुने छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा राेक लगाइएकाे नगरपालिकाले जनाएकाे छ ।