सांकेतिक तस्बिर
काठमाडौं । आफ्नै शिशु हत्या अभियोगमा प्रहरीले कास्कीबाट एक महिलालाई नियन्त्रणमा लिएको छ । कास्कीको रुपा गाउँपालिका ४ खाल्टेकि रिता मल्ल सिंहलाई शिशु हत्या अभियोगमा पक्राउ परेकी हुन ।
साउन २७ गते दिउँसो पौने ४ बजे रुपा गाउँपालिका ३ टाकान्जा भन्ने स्थानमा ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले भर्खरै जन्मेको शिशुको शव फेला पारेको थियो ।
त्यसपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले साउन ३२ गते सिंहलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धानका लागि सिंहलाई ७ दिन थुनामा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिएको प्रहरीले बताएको छ ।