Aafno Khabar

सिन्धुपाल्चाेकमा साेमबारदेखि एक साता लकडाउन

  • आफ्नो खबर
  • August 16, 2020 प्रकाशित

सिन्धुपाल्चाेक । काेराेना संक्रमण जाेखिम बढ्न सक्ने देखिएकाले सिन्धुपाल्चाेकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ।

शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठककाे निर्णय अनुसार भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

होटल तथा रेष्टुरेण्ट, विद्यालय, सभा, गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, शैलुन, खेलकूद गतिविधि सञ्चालन गर्न पाइने छैन । त्यस्तै बैंक र गैरसरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न बिहान ११ देखि अपराह्न २ बजेसम्म सञ्चालन गर्न दिइने छ ।