Aafno Khabar

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइकाे निधन

  • एजेन्सी
  • August 16, 2020 प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । उनकाे न्यूयाेर्कस्थित एक अस्पतालमा निधन भएकाे हाे ।

उनी ७१ वर्षका थिए । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

‘मेरो भाइ रोबर्टको शान्तिपूर्ण निधन भएको खबर निकै दुःखी मनसहित सुनाइरहेकाे छु’ विज्ञप्ति जारी  गरी उनले भने । ‘उनी मेरा भाइमात्रै थिएनन्, उनी मेरा मिल्ने साथी थिए, उसलाई म असाध्यै मिस गर्नेछु तर हाम्रो पछि पुनः भेट हुनेछ । रोबर्ट म तिमीलाई माया गर्छु ।’ उनले भने ।

ट्रम्प रोबर्टको अन्तिम संस्कारमा सरिक हुने अनुमान गरिएको छ ।