Aafno Khabar

काठमाडाैं उपत्यकामा अब यस्ता गतिविधिमा प्रतिबन्ध

  • आफ्नो खबर
  • August 14, 2020 प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार बेलुका बसेको संयुक्त बैठकले भदौ १५ गतेसम्म उपत्यकामा विभिन्न गतिविधिमा प्रतिबन्ध लगाएको छ ।

खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्न, भिडभाड हुने गतिविधि जस्तै जात्रा र महोत्सव गर्न, उद्योग व्यापार/व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरू, चाडपर्व लगायतका धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरू, शैक्षिक संस्थाहरू सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना सञ्चालन गर्न पाइने छैन।

यो नियम शुक्रबार रातिदेखि लागू हुने छ ।