दाङ । दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा निषेधाज्ञा लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म साँझ सात बजेदेखि बिहान पाँच बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे हाे ।
रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने बैठकले निर्णय गरेको जनाइएकाे छ । तीजका बेलामा भेला भएर नाचगान गर्न तथा मन्दिरमा जान पनि राेक लगाइएकाे छ ।
बजार व्यवस्थित गर्न अनिवार्य रुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, यातायात पनि व्यवस्थित रुपमा सञ्चालन गराउने निर्णय गरिएकाे प्रमुख जिल्ला अधिकारी गाेविन्दप्रसाद रिजालले जानकारी दिनुभयाे ।