Aafno Khabar

प्रणव मुखर्जीका छाेरा भन्छन् ‘भारतीय मिडिया फेक न्युजका कारखाना’

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

काठमाडाैं । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित मुखर्जीले भारतीय मिडिया फेक न्युजका कारखाना भएकाे बताएका छन् ।

उनले भारतका ख्यातिप्राप्त पत्रकारहरुबाट नै गलत समाचार सम्प्रेषण भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले आफ्ना बाबु पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्यलाई लिएर भारतीय सञ्चारमाध्यममा आइरहेका समाचार लिएर यस्ताे टिप्पणी गरेका हुन् ।

उनले भारतका प्रतिष्ठित सञ्चारकर्मीबाट नै सामाजिक सञ्जालमा आफ्ना बाबुको स्वास्थ्यबाट गलत सन्देश प्रवाह भएको भन्दै यसको प्रतिबिम्ब सञ्चारमाध्यममा समेत देखिएको उल्लेख गरेका छन् ।