Aafno Khabar

कमलादी १५ किलाे सुन प्रकरणमा संलग्न इल्ताफ अन्सारी पक्राउ

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

काठमाडौं । कमलादी १५ किलाे सुन प्रकरणमा प्रहरीकाे खाेजीमा रहेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् ।

हुसेनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेकाे हाे । उनी बाराबाट पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ । हुसेन नक्कली नोट प्रकरणमा यसअघि पनि पक्राउ परेका व्यक्ति हुन् ।

हुसेन पछिल्लाे समयमा कमलादी १५ किलाे सुन प्रकरणमा मुछिएका छन् । सुन प्रकरणमा प्रयाेग भएकाे गाडी उनकाे हाे ।

गएकाे साउन १३ गते प्रहरीले कमलादीबाट १५ किलो सुन फेला परेको जानकरी दिएको थियो । सुन्धाराबाट बरामद भएको सुनमध्ये आधा केजी सक्कली र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको थियो ।