Aafno Khabar

१ सय ९१ यात्रु सवार एयर इण्डियाकाे विमान केरलामा दुर्घटना

  • आफ्नो खबर
  • August 7, 2020 प्रकाशित

तस्बिर : एएनआई

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परेको छ । भारतको दक्षिणी राज्य केरलाको काेझिकाेड एयरपोर्टमा विमान दुर्घटना भएको हो ।

दुवईबाट आएकाे विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको बीबीसीले उल्लेख गरेको छ । नागिरक उड्डयन मन्त्रालयका अनुसार उक्त दुर्घटना साँझ ७ बजेर ४१ मिनेटमा भएकाे हाे ।

विमानमा १९१ जना यात्रु रहेको बताइएको छ । विमानस्थलमा आकस्मिक उद्धारको कार्य जारी रहेको बताइएको छ ।

दुर्घटनामा के कति क्षति पुग्यो भन्ने यकिन जानकारी आइसकेको छैन । ठूलाे वर्षाका कारण भिजिविलिटी कम भएकाे र दुर्घटना भएकाे अनुमान गरिएकाे छ । सामाजिक सञ्जालमा आएका तस्विरमा विमान २ टुक्रा भएकाे देखिएकाे छ ।