Aafno Khabar

भारतमा काेभिड १९ संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० हजारभन्दा बढी

  • आफ्नो खबर
  • August 6, 2020 प्रकाशित

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या भारतमा ४० हजार भन्दा बढी भएकाे छ । बुधवार एक दिनमा ९ सय १८ जनाले भारतमा ज्यान गुमाए । २४ घन्टामा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा माथि भएको यो पहिलो पटक हो ।

बुधवार भारतमा संक्रमितको संख्या पनि दोस्रो उच्च रहेको छ । पछिल्लाे २४ घण्टामा भारतमा ५६ हजार ६ सय ९५ जना नयाँ संक्रमितहरु थपिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा कोरोना भाइरस संक्रमितको संख्या १९ लाख ६१ हजार ३ सय ५७ पुगेको छ ।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा बुधवार एकै दिन २२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ एकै दिन २७ सय १ जनामा संक्रमण देखिएको छ। पूर्वी नेपालसँग जोडिएको पश्चिम वंगालमा ६१ जनाले ज्यान गुमाएका छन् । महाराष्ट्रमा पछिल्लाे २४ घण्टामा ३ सय ३४ जनाको मृत्यु भएको छ ।