Aafno Khabar

अमेरिकामा काेराेना भाइरस कमजाेर भएको राष्ट्रपति ट्रम्पकाे भनाइ

  • आफ्नो खबर
  • August 4, 2020 प्रकाशित

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको बताएका छन् ।

पत्रकारसँग उनले एक साता ता नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतले कमी भएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले अमेरिकामा संक्रमणको स्थितिमा सुधार आएकाे दावी गरेका छन् । अमेरिकी न्युज वेबसाइट एक्सिओससँगकाे कुराकानीमा उनले भने,’अमेरिकामा मर्ने संक्रमितको संख्या कम छ । मृतकको हकमा अमेरिका युरोपभन्दा राम्रो छ ।’

अमेरिकामा काेराेना संक्रमणका कारण मर्नेको संख्या एक लाख ५५ हजार पुगिसकेको छ । संक्रमितको संख्या ४७ लाख रहेको छ ।