Aafno Khabar

भारतमा राम मन्दिर बन्ने, नेपालमा पनि उत्सव मनाउन आह्वान

  • आफ्नो खबर
  • August 4, 2020 प्रकाशित

काठमाडौं । भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको छ । यही अवसरमा विश्व हिन्दू परिषद नेपालले उत्सव मनाउन सबै समक्ष आह्वान गरेको छ । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै परिषदले अब राष्ट्रिय विभूति सीताको घर निर्माण हुने बताएको छ ।

परिषदले कोरोना संक्रमणका कारण स्थानीयस्तरमा भजन किर्तन, शोभा यात्रा र दिपावली जस्ता कार्यक्रम गर्ने जनाएको छ । परिषदले साउन २१ गते बुधवार साँझ आआफ्नो घरमा दीप प्रज्ज्वलन गर्न हिन्दू धर्मावलम्बीहरुमा विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

भारतको अयोध्यामा सन् १५२८ मा राम मन्दिर भत्काएर बाबरी मस्जिद निर्माण गरिएको थियो । पछिल्लो पटक हिन्दूहरुले बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउन लागेपछि लामो समय भारतको अदालतमा मुद्दा चलेको थियो । भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउन बाटो खुला गरेको छ ।

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालकाे भएकाे बताउनुभएकाे थियाे । त्यसपछि सामाजिक सञ्जालमा याे विषयमा निकै आलाेचना पनि भएकाे थियाे ।