गोरखा । चौध वर्षीया बालिका बलात्कारकाे आराेपमा गोरखाका एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाट रहेको प्रहरीले जनाएको छ । पीडित बालिकाकाे अभिभावकले दिएकाे जाहेरीकाे आधारमा वडाध्यक्ष पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
साेमबार जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले रानाभाटलाई पक्राउ गरेकाे हाे ।
घटनाबारे थप अनुसन्धान भइरहेको र रानाभाटविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।