Aafno Khabar

कक्षा ११ काे परीक्षा लिन लागेकाेमा रुपन्देहीमा विराेध

  • आफ्नो खबर
  • August 2, 2020 प्रकाशित

रुपन्देही । कोरोना महामारीको त्रासका बीच सरकारले परीक्षा लिन लागेकाे भन्दै रुपन्देहीमा विराेध प्रदर्शन भएकाे छ । कक्षा ११ का विद्यार्थीले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध आइतबार विराेध प्रदर्शन गरेका हुन् ।

रुपन्देही विद्यार्थी संघको ब्यानरमा बुटवलमा विभिन्न कलेजका विद्यार्थीले पुष्पलालपार्कदेखि चौराहासम्म प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । परीक्षा नहुने विश्वासमा तयारी नगरिएको र कक्षा १२ को कोर्स पढ्न थालेको बेला पुनः परीक्षा लिन लागिएको भन्दै विद्यार्थीहरु रुष्ट भएका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘नो इक्जाम विथ आउट पीसीआर’, ‘नो इक्जाम नो कोरोना’, ‘विद्या भन्दा स्वास्थ्य ठूलो’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।