काठमाडौ, साउन १८ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी घोषणाको ६ महिना बितिसक्दा पनि कोरोना अझै महामारीकै रुपमा रहेको बताएको छ ।
डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ ।
संगठनले यसै वर्षको जनवरी ३० तारिखमा कोरोनालाई विश्वभरी महामारी घोषणा गरेको थियो । डब्लूएचओका प्रमुख टेड्रोस गेब्रियससले धेरै देशहरुमा कोरोना महामारीको खराब अवस्था आएर गइसकेको लागेपनि, अहिले संक्रमणको दोस्रो लहर देखिएको बताएका छन् ।
धेरैदेशमा अघिल्लो हप्ता संक्रमण घटेको थियो, तर यतिखेर निकै तीव्र गतिमा संक्रमण फैलिएको (डब्लूएचओ)ले जनाएको छ ।