Aafno Khabar

नेपालसँगकाे सम्बन्धमा चीनले अत्यधिक महत्व दिएकाे राष्ट्रपति सीकाे भनाइ

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताउनुभएकाे छ । नेपाल चीन बीचको ६५ औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले नेपालसँगकाे सम्बन्धमा महत्व दिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्नुभएकाे छ । २ देशबीचकाे सम्बन्ध निरन्तर प्रगति पथमा अगाडि बढाउन राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीसँग काम गर्न गर्न इच्छुक रहेको बताएका छन् ।

नेपाल–चीनबीच १ अगष्ट १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाइ दिनुभएकाे छ ।

याे पनि पढ्नुहाेस् । 

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्षमा राष्ट्रपति भण्डारीकाे सन्देश