Aafno Khabar

रक्सी नपाएपछि ह्याण्ड सेनिटाइजर पिउने १० जनाको मृत्यु

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

भारतको आन्ध्र प्रदेशमा रक्सी पसल बन्द भएकाले ह्याण्ड सेनिटाइजर पिउँदा कम्तीमा १० जनाको ज्यान गएको छ ।

लकडाउनका बेला रक्सी पसल बन्द रहेकाे बेलामा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर पिएकाे र कम्तीमा १० जनाको ज्यान गएको समाचार संस्था राेयटर्सले जनाएकाे छ ।

गाउँमा व्यक्तिले रक्सी नपाउँदा सहज रुपमा पाइने रक्सीमा आधारित सेनिटाइजर अरु पेय पदार्थमा मिसाएर खाएको स्थानीय प्रहरी प्रमुख शिद्धार्थ कौशलले बताएको बीबीसीले उल्लेख गरेको छ।

सेनिटाइजरमा अरु केही विषादी युक्त पदार्थ थियो या थिएन भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।