काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ । बुधबार तोलाको ९८ हजार ५०० मा कारोबार भएको सुन बिहीबार ९९ हजार पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यो हालसम्मकै महंगो मूल्य हो ।
बिहीबार तेजाबी सुनको मूल्य ९८ हजार ५६० तोकिएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ छ।
केही दिनदेखि सुनकाे मूल्य निरन्तर बढीरहेकाे छ ।