Aafno Khabar

प्रहरीले बरामद गरेकाे धातुमा आधा किलाे मात्रै सुन

  • आफ्नो खबर
  • July 28, 2020 प्रकाशित

काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको भनेकाे १५ किलो सुनमा आधा किलाे मात्र सक्कली सुन भएका खुलेकाे छ ।

अन्य साढे १४ किलो चाँदी भएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बरामद सामान सार्वजनिक गरेको हाे ।

मंगलबार बिहान कमलपोखरीमा प्रहरीले तस्करकाे पिछा गरेपछि तस्करले फालेको झोलामा १५ किलो पहेँलो धातु भेटिएको थियो । उक्त धातुसहितको झोलामा २ वटा पेस्तोल पनि भेटिएको थियो । तर गाडी धनी र सुनचाँदी मालिक को हो भन्ने खुलेको छैन ।

गाडी र त्यसमा रहेका मानिसहरुको अहिलेसम्म पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।