Aafno Khabar

यस्ताे अनाैठाे बाेका जसले दिनहुँ दुध दिन्छ

  • आफ्नो खबर
  • July 28, 2020 प्रकाशित

भारतकाे राजस्थानमा एउटा यस्ताे अकल्पनीय घटना भएकाे छ । जसलाई सुनेर तपाईँहरु हैरान हुनुहुन्छ ।

राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ ।

राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा लिटर दुध दिन्छ । राजवीरले १६ महिना अगाडि स्थानीय हाट बजारबाट अढाई हजार भारुमा याे बोका किनेका थिए ।

उनले किनेको उक्त बोका घरमा ल्याएको १० महिना पछि परिवर्तन हुन थाल्यो । जिउमा पोथी बाख्रामा हुने अंगहरु विकसित हुन थाले । त्यसका थुनहरु ठूला ठूला हुन थाले र थुनबाट दुध झर्न थाल्यो ।

दुध दिने बोकाको बारेमा खबर फैलिएसँगै उक्त बोकालाई हेर्न आउनेहरुको संख्या बढिरहेको छ ।

पशु चिकित्सकहरुका अनुसार उक्त बोकाको सरीरमा हर्मोनको गडबडीका कारण त्यसले दुध दिन थालेको हो ।