Aafno Khabar

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना

  • आफ्नो खबर
  • July 27, 2020 प्रकाशित

एजेन्सी । अफगानिस्तानको हेल्मान्ड प्रान्तमा सोमबार एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गरेकाे छ । हेलिकप्टर आकस्मिक अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् ।

सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ ।

घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका समाचार संस्था सिन्ह्वाले उल्लेख गरेकाे छ ।