Aafno Khabar

भारतमा १३ लाख ४२ हजारभन्दा बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • July 25, 2020 प्रकाशित

 

काठमाडाैं । भारतमा विगत २४ घण्टामा ४८ हजार ९ सय १६ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

भारतमा शनिबार साँझसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १३ लाख ४२ हजार १६६ पुगेको छ ।

अहिलेसम्म भारतमा ३१ हजार ४६४ कारोनाभाइरस सङ्क्रमितको मृत्यु भइसकेको छ । भारत सङ्क्रमणका दृष्टिकोणबाट विश्वको तेस्रो स्थानमा रहेको छ ।

विश्वमा सबैभन्दा बढी काेराेना संक्रमित अमेरिकामा र त्यसपछि ब्राजिलमा छन् ।