काठमाडौं । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवती पवित्रा कार्कीलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका २ जना प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेकाे हाे ।
घटनामा संलग्न भएकाे अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएर डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद पक्राउ परेका छन् । उनीहरु बिहीबार राति ११ बजे डल्लुबाट पक्राउ परेका थिए ।
युवतीले अरु नै केटा मन पराएको थाहा पाएपछि मोहम्मदले एसिड हान्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएकाे प्रहरीले जनाएकाे छ ।
बिहीबार साँझ सितापाइलामा ओखलढुङ्गाकी २२ वर्षीय पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहार गरिएकी पवित्राको गाला, हात र कपालमा एसिड परेको थियाे । युवतीकाे कीर्तिपुर अस्पतालमा उपचार भइरहेकाे छ ।