Aafno Khabar

चितवनको चेपाङबस्तीमा आगो लगाउने र घर भत्काउनेमाथि कारबाहीको माग

  • आफ्नो खबर
  • July 22, 2020 प्रकाशित

काठमाडौं । चितवनको माडी –९ कुसुमखोलामा रहेका चेपाङबस्ती हटाइएकोबारे सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आपत्ति जनाएको छ । महासंघले बुधबार विज्ञप्ति निकालेर सरकारसमक्ष यस्तो अमानवीय घटनामा संलग्नमाथि कारबाहीको माग पनि गरेको छ ।

महासंघले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तत्काल खारेज गरी जनमुखी संरक्षण ऐन बनाएर लागू गर्न पनि महासंघले माग गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अधिकारीले माडी–९ कुसुमखोलामा रहेको चेपाङबस्तीका आठ घर हात्ती लगाएर र २ घर हात्ती लगाएर भत्काएका थिए । महासंघले यस किसिमको व्यवहार अमानवीय भएको पनि विज्ञप्तिमार्फत जनाएको छ ।