विश्व स्वास्थ्य संगठनले विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ । पछिल्लाे २४ घण्टामा २ लाख ५९ हजार ८ सय ४८ जना संक्रमित फेला परेकाे राेयटर्सले उल्लेख गरेकाे छ ।
शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि विश्वको दैनिक संक्रमित संख्यामा नयाँ कीर्तिमान बनेको थियो । शनिबार थपिएका संक्रमितमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट भएको संगठनले जनाएको छ ।
शनिबार कोरोनाबाट हुने मृत्यु पनि बढेको छ । शनिबार ७ हजार ३ सय ६० जनाको मृत्यु भएको छ ।