Aafno Khabar

कोरोना भाइरस संक्रमितकाे दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम

  • July 18, 2020 प्रकाशित

काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ ।

शुक्रबार २४ घण्टाकाे अवधिमा २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको राेयटर्सले उल्लेख गरेकाे छ ।

शुक्रबारसम्म विश्वमा कोरोना संक्रमितको कुल संख्या १ कराेड ४० लाख नजिक पुगेकाे छ । यस रोगका कारण मृत्यु हुनेकाे संख्या ५ लाख ९० हजार बढी भइसकेको छ । पछिल्लाे समय थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेका छन् ।