Aafno Khabar

अमेरिकामा दिइयाे १७ वर्षपछि विषको इन्जेक्सन लगाएर मृत्युदण्डको सजाय

  • July 15, 2020 प्रकाशित

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जनाएकाे छ । अमेरिकामा १७ वर्षपछि संघीय अभियुक्तमाथि मृत्युदण्ड दिइएको हो ।

सोमबार एक न्यायाधीशले मृत्युदण्डको सजाय पाएका अभियुक्तले विषको इन्जेक्सन लगाएर सजाय दिनु अमानवीय भएको तर्क प्रस्तुत गरेका थिए ।

गत वर्ष ट्रम्प प्रशासनले संघीय सरकारमा पुनः मृत्युदण्डको सजाय लागू गर्ने जानकारी दिएका थिए । मंगलबार बिहान लुइस लीलाई इन्डियानाको टेरे हटमा विषको इन्जेक्सन दिइएको हो ।

लुइस लीका शिकार बनेका मानिसहरुको परिवारले सजाय रोक्न माग गरेका थिए ।

८१ वर्षकी इयरलीन पिटरसनकी छोरी, ज्वाइँ र नातीको हत्याकाे अभियाेग ४७ वर्षीय लीमाथि थियाे ।  पिटरसनले जन्मकैदकाे चाहना राखेकी थिइन् । अपराधमा लीकाे सहयागीमाथि आजीवन कारावासको सजाय दिइएको छ ।