Aafno Khabar

९ लाख घुससहित सिँचाइ डिभिजन प्रमुख पक्राउ

  • July 14, 2020 प्रकाशित

काठमाडौं । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ ९ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ स्थित उनकाे निवासबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएकाे छ ।

निर्माणाधीन सिँचाइ परियोजनाको बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेकाे सूचनाको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएकाे आयाेगका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिनुभयाे ।