काठमाडौं । नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं, गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
ब्युरोका सह–निर्देशक नविन्द अर्यालले दिनुभएकाे जानकारी अनुसार उनले नेपाली अश्लील चलचित्र प्रशारण गर्ने गरेका थिए । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरेकाे थियाे ।
पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय काराेबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको अर्यालले जानकारी दिनुभएकाे छ ।