नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन भएको छ ।
डेनमार्कमा दक्षिण अफ्रिकी राजदूतको रूपमा सेवा गरिरहेकी उनको साेमबार बिहान जोहानेसबर्गको अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जिन्दजी एक रंगभेद विरोधी कार्यकर्ता थिइन् । उनले २०१५ देखि डेनमार्कका राजदूतको रूपमा सेवा गरिरहेकी थिइन् । उनकाे मृत्यकाे कारण भने पत्ता लागेकाे छैन ।
नेल्सन मण्डेलाकाे सन् २०१३ मा ९५ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।