विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ । आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेपछि नयाँ रेकर्ड कायम भएको समाचार संस्था राेयटर्सले जनाएकाे छ ।
पछिल्लाे समय अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । यसअघि जुलाई १० मा सबैभन्दा धेरै २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ ।
यस्तै, कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६५ हजार पार भएको छ ।