Aafno Khabar

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी

  • July 11, 2020 प्रकाशित

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ लाख नाघेको छ । शनिबार बिहान सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ८ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् ।

तीमध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । याे संंख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर ५ लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ ।

भारतमा सबैभन्दा धेरै महाराष्ट्र बढी प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै २ लाख ३८ हजार ४६१ जना सङ्क्रमित हुँदा दोस्रो धेरै सङ्क्रमित भएको तमिल नाडुमा १ लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा १ लाख ९ हजार १४० जना सङ्क्रमित भएका छन् ।

विश्वमा भारत तेस्रो धेरै काेराेना सङ्क्रमित देशमा पर्छ । विश्वमा सबैभन्दा बढी अमेरिकामा र त्यसपछि ब्राजिलमा काेराेना संक्रमित रहेका छन् ।