Aafno Khabar

भारत-पाकिस्तान सीमामा गाेली हानाहान, एक जना नेपालीकाे मृत्यु

  • July 11, 2020 प्रकाशित

भारत र पाकिस्तानकाे सीमामा भएको गोलीवारीमा शुक्रबार एक नेपालीको मृत्यु भएको छ ।

भारतीय सेनामा कार्यरत हवल्दार शम्भु गुरुङको मृत्यु भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेकाे छ ।

जम्मु कस्मिरको रजोरी जिल्लामा भारत पाकिस्तान सीमाको लाइन अफ कन्ट्रोलमा गोली हानाहान भएको थियो । गएकाे बुधबार उक्त क्षेत्रमा ६० वर्षीया वृद्धाको हत्या भएको थियाे । हत्याकाे विषयमा भारतले पाकिस्तानी सेनामाथि दोष लगाइरहेकाे छ । यही विषयले सीमामा गोली हानाहान भएको हाे ।

जम्मुका रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दका अनुसार गाेली लागेर नेपालका हवल्दार शम्भु गुरुङ घाइते भएपछि अस्पताल पुर्‍याइएकाे थियो । त्यही उनको मृत्यु भएकाे हाे ।