Aafno Khabar

बेइजिङमा क्वारेन्टाइन अवधि दाेब्बर, अब २८ दिन बस्नुपर्ने

  • June 30, 2020 प्रकाशित

 

काेराेनाभाइरस संक्रमण विरुद्धकाे अभियान प्रभावकारी बनाउन चीनले क्वारेन्टाइन अवधि २८ दिन पुर्‍याएको छ ।

यसअघि १४ दिन क्वारेन्टाइनमा राखिने गरिएकाे थियाे । पछिल्लोपटक बेइजिङ नजिकै फैलिएको कोरोना भाइरस वुहानबाट सुरु भएकोभन्दा थप संक्रामक भएको भन्दै यस्तो निर्णय लिएको ग्लोबल टाइम्सले उल्लेख गरेकाे छ ।

बेइजिङमा क्वारेन्टाइनमा रहेका व्यक्तिहरु अधिकांश बेइजिङ नजिककाे सिनफादी बजारको पसलका कामदारहरु हुन् । उनीहरुले त्यहाँ भेडा र गाईकाे मासु बिक्रि गर्ने काम गर्ने गरेका थिए । उनीहरु उच्च जाेखिममा रहेकाले उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाे चीनको स्वास्थ्य आयोगका अधिकारीहरुले बताएका छन् ।

संक्रमण पुष्टि भएकाहरुमा लक्षण नभएका कारण लक्षण हेरेरै उनीहरुमा भाइरस भएको अनुमान गर्न गाह्रो भएकोसमेत उनीहरुले बताएकाे समाचारमा उल्लेख छ ।