Aafno Khabar

काेराेनाकाे लक्षण देखिएपछि बिहे, बेहुलाकाे मृत्यु ९५ जना पाहुना संक्रमित

  • June 30, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

भारतमा कोरोना महामारीका बेला ठूलो संख्यामा पाहुना बोलाएर बिहे गर्दा बेहुलाकाे निधन भएकाे छ भने बिहेमा सहभागी भएका ९५ जना पाहुनामा भाइरस पाेजेटिभ देखिएकाे छ ।

बिहारको राजधानी पटनाबाट ५० किलोमिटर टाढा पालीगंजमा १५ जूनमा भएको एक विवाहमा संक्रमण फैलिएको हाे । इण्डिया टुडेले लेखेको समाचार अनुसार बेहुलाले गुरुग्राममा सफ्टवेयर इन्जिनियरको काम गर्थे र बिहे गर्नको लागि १२ मेमा गाउँ आएका थिए । गाउँ आएका उनीमा कोरोनाको लक्षण पनि देखिएको थियो तर परिवारले जाँच गराउनुको सट्टा उनको बिहे गराइदिए ।

बिहेको २ दिनपछि नै उनको स्वास्थ्य एकदमै बिग्रियो । उपचारको लागि पटनाको एम्स अस्पताल लैजाने क्रममा उनको मृत्यु भयो ।

प्रशासनले यसबारे जानकारी पाएपछि बिहेमा सहभागी पाहुनाको काेराेना जाँच गराउँदा पहिले १५ जनाको रिपोर्ट पोजेटिभ आएकाे थियाे । साेमबार अन्य ८० जनामा पनि संक्रमण देखिएकाे हाे ।