काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ६० लाख २९ हजार ९ सय ५० जना संक्रमित भएका छन् । ३ लाख ६६ हजार ८ सय २ जनाको कारोनाका कारण ज्यान जाँदा २६ लाख ५९ हजार धेरै उपचार पछि निको भएर घर फर्केका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा १७ लाख ९३ हजार धेरै संक्रमित हुँदा १ लाख ४ हजार ५ सय ४२ जनाको ज्यान गएको छ । अमेरिकामा ५ लाख १९ हजार ५ सय ६९ जना कोरोना उपचार पछि निको भएका छन् ।
ब्राजिलमा ४ लाख ६८ हजार ३ सय ३८ जना कोरोनाबाट संक्रमित हुँदा २७ हजार ९ सय ४४ जनाको ज्यान गएको छ । १ लाख ९३ हजार १ सय ८१ जना उपचार पछि निको भएका छन् ।
रुसमा कोरोनाका कारण ३ लाख ८७ हजार ६ सय २३ जना संक्रमित हुँदा ४ हजार ३ सय ७४ जनाको ज्यान गएको र १ लाख ५९ हजार २ सय ५७ जना उपचार पछि निको भएका छन् ।
स्पेनमा २ लाख ८५ हजारर ६ सय ४४ जना संक्रमित हुँदा २७ हजार १ सय २१ जनाको ज्यान गएको छ । स्पेनमा १ लाख ९६ हजार ९ सय ५८ जना कोरोनाको उपचार पछि निको भएका छन् ।
बेलायतमा २ लाख ७१ हजार २ सय २२ जना कोरोना संक्रमित हुँदा ३८ हजार १ सय ६१ जनाको ज्यान गएको छ ।
इटलीमा २ लाख ३२ हजार २ सय ४८ जना कोरोनाबाट संक्रमित हुँदा ३३ हजार २ सय २९ जनाको ज्यान गएको छ । इटलीमा १ लाख ५२ हजार ८ सय ४४ जना उपचार पछि निको भएरघर फर्केका छन् ।
फ्रान्समा १ लाख ८६ हजार ८ सय ३५ जना संक्रमित हुँदा २८ हजार ७ सय १४ जनाको ज्यान गएको छ । ६७ हजार ८ सय ३ जना उपचार पछि निको भएर फर्केका छन् ।
जर्मनीमा १ लाख ८३ हजार धेरै कोरोना संक्रमित हुँदा ८ हजार ५ सय ९४ जनाको ज्यान गएको छ । जर्मनीमा १ लाख ६४ हजार उपचार पछि निको भएका छन् ।
दक्षिण एसियामा सबैभन्दा धेरै प्रभावित भारतमा कोरोनाबाट संक्रमित १ लाख ७३ हजार ४ सय ९१ पुगेका छन् । भारतमा ४ हजार ९ सय ८० जनाको ज्यान जाँदा ८२ हजार ६ सय २७ जना उपचार पछि निको भएका छन् ।
टर्कीमा १ लाख ६२ हजार संक्रमित, ४ हजार ४ सय ८९ जनाको ज्यान गएको र १ लाख २५ हजार धेरै निको भएका छन् ।
पेरुमा १ लाख ४८ हजार कोरोना संक्रमित हुँदा ४ हजार २ सय ३० जनाको ज्यान गएको छ । ६२ हजार ७ सय ९१ ज्ना निको भएका छन ।