सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले तीनै तहको सरकारको समन्वय र सहकार्यमा मात्रै कोरोना महामारी विरुद्धको लडाई जित्न र जनतालाई सुरक्षित राख्न सकिने सुझाव दिनु भएको छ ।
पूर्व मन्त्री थानीले कोरोना महामारी विरुद्धको अभियानमा सुर्खेतका नौ वटै स्थानीय सरकारलाई सहयोग गर्ने क्रममा वीर्न्द्रनगर नगरपालिकालाई नगद तथा स्वास्थ्य सामग्री सहयोग गर्दे सो सुझाव दिनु भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य थानी स्थानीय सरकारलाई कोरोना विरुद्धको अभियानमा सघाउने अभियान अन्तर्गत सरकारको एकद्दार प्रणाली नीति अवलम्बन गर्दै आइतबार वीरेन्द्रनगर नगरपालिकाका कार्यबहाक नगरप्रमुख मोहनमाय ढकाललाई २५ हजार नगद तथा मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गुर्न भएको छ ।
वीरेन्द्रनगर नगरपालिकालाई नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सहसभापति नारायण कुमार कोइराला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर गुरुङ, वडा नम्बर ६ का वडाध्यक्ष मोतीप्रसाद कंडेल, वडा नम्बर ७ का वडाध्यक्ष ध्रुव चपाईं र वडा नम्बर ९ का वडाध्यक्ष सुरेश मानन्धर, नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सदस्य ललित भट्टराई लगायतको सहभागिता रहेको थियो ।
नेपाली कांग्रेसका युवा नेता थानीले सरकारको एकद्दार प्रणाली नीति अवलम्बन गर्दै सुर्खेतको २ वटै निर्वाचन क्षेत्रका नौ वटै स्थानीय तहमा गरी २ लाख २५ हजार नगद तथा नगद तथा मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गर्नु भएको हो ।
कोरोना रोकथाम तथा निन्त्रणका लागि स्थानीय सरकारलाई सहयोग गर्ने अभियान अन्तर्गत कांग्रेस नेता थानीले पञ्चपुरी नगरपालिकाका नगरप्रमुख उपेन्द्रबहादुर थापा, गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्तबहादुर पुन, भेरीगंगा नगरपालिकाका नगरप्रमुख भुपेन्द्र चन्द, लेकवेशी नगरपालिकाका नगरप्रमुख गगनसिंह सुनार, सीम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, चिङगाड गाउँपालिका अध्यक्ष देवबहादुर चन्द, बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेत र चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कार्यालयमै पुगी नगद तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको थियो ।