Aafno Khabar

कोरोनाबाट विश्वभर कहाँ कती संक्रमित र मृत्यु ?

  • May 16, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ८ हजार ६ सय ४५ जनाको ज्यान गएको छ । हालसम्म ४६ लाख २८ हजार ३ सय ९३ जना संक्रमित भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १४ लाख ८४ हजार २ सय ८५ जना संक्रमित भएका छन् भने ८८ हजार ५ सय ७ जनाको ज्यान भएको छ ।
त्यस्तै रसियामा २ लाख ७४ हजार ३ सय ४३ जना संक्रमित भएका छन् भने २ हजार ४ सय १८ जनाको ज्यान गएको छ । बेलायतमा २ लाख ३८ हजार संक्रमित छन् भने ज्यान जानेको संख्या ३४ हजार ७८ रहेको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको ज्यान गएको छ ।

इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ र ज्यान जानेको संख्या ३१ हजार ६ सय १० पुगेको छ । ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको ज्यान गएको छ ।

फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको
ज्यान गएको छ । भारतमा ८५ हजार ७ सय ८४ जना कोरोना संक्रमति हुँदा २ हजार ७ सय ५३ जनाको ज्यान गएको छ ।